बैशाख १४, २०८१ शुक्रबार

चीनबाट २० हजार अक्सिजन सिलिन्डर आउँदै

विर्तामोड । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ । कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहोस भन्नका लागि नेपालको आग्रह पछि चीनले २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्न लागेको हो ।

‘आगामी सात देखि १० दिन भित्र आउँछ कि । सकेसम्म छिटो ल्याउने कोशिस गरेका छौँ,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने ।
मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुसँग आयोजना गरेको सामूहिक छलफलका क्रममा नेपाललाई ५० लाख आरएमबी (९ करोड १८ लाख बढी) को बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेको थियो । सोही घोषणा अन्तरगर्त अक्सिजन सिलिन्डर दिन लागिएको अनुमान गरिएको छ ।

यसअघि सरकारले नेपालका अक्सिजन उद्योगका प्रतिनिधिहरुको छलफल पछि २० हजार थान सिलिन्डर खरीद गर्ने र त्यसको सोधभर्ना सरकारले गरिदिने बताएको थियो ।
पछिल्लो पटक देशमा कोरोना महामारीले तिब्रता लिई रहँदा अक्सिजनको माग ह्वात्तै बढेको छ । कतिपय अस्पतालहरुमा अक्सिजनसहितका बेडहरु पाउन मुस्किल भएका समाचारहरु आउन थालेका छन् । चीनबाट ल्याइने सिलिन्डरले अहिले देखिन थालेको समस्या घटाउन सहयोग गर्नेछ ।

प्रकाशित मिति : बैशाख १९, २०७८ आईतबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]