बैशाख १४, २०८१ शुक्रबार

उपत्यकामा लम्बियो निषेधाज्ञा : जोरबिजोर लागू गरेर निजी सवारी चल्न दिइने

काठमाडौं- उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्याइएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागू हुनेछ । काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

निषेधाज्ञा थपिए पनि खुकुलो बनाइने भएको छ । अब निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ निरौलाले जानकारी दिनुभयो ।

ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइने भएको छ । ‘आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ,’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भन्नुभयो, ‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ ।’

खाद्यान्न, दूध, किताब पसललगायतका पसल बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ । निर्माण सामग्रीका पसल बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ ।

प्रकाशित मिति : असार ६, २०७८ आईतबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]