बैशाख २३, २०८१ आईतबार

कोशी प्रदेशमा गल्ति दोहोरियो

सम्पादकीय
कोशी प्रदेशमा फेरि गठबन्धनले संविधानमाथि प्रहार गरेको छ । यसअघि पनि गठबन्धनले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले सच्याएको थियो । फेरि, उहि गल्ती प्रदेशमा दोहोरिएको छ । र, अदालतले संविधानको मर्मलाई ख्याल गर्दै यो त्रुटिलाई फेरि सच्याउने छ । कोशी प्रदेशमा संविधान विपरित अभ्यास गरेर कांग्रेस नेतृत्वको गठबन्धनले मुख्यमन्त्री जोगाउने प्रपञ्चलाई सफल बनाएको छ । तर, यो संविधान विपरित छ । यसअघिको अभ्यासमा अदालतले सवक सिकाए पनि कांग्रेसले जवरजस्त प्रदेशकै संरचनालाई कमजोर बनाउने निश्चित छ ।

नेपाली कांग्रेसका नेता उद्वव थापाले प्रदेश सभाको दुरुपयोग गर्दै संविधान विपरित विश्वासको मत लिए । यो गैर संवैधानिक मत हो । यसअघि सभामुखले मतदान गर्दा थापालाई अदालतले बर्खास्त गरेको थियो । राजनीतिक जालझलेका गर्दै कांग्रेसले तत्कालिन सभामुखलाई हटाएर मन्त्री पुरस्कार दिएको थियो । जसले कांग्रेस सत्ता हत्याउन जस्तोसुकै अभ्यास गर्छ भन्ने देखिएको छ । संविधानका अगाडि आफ्नो व्याख्याको अर्थ रहदैन । संविधान विपरित जाने सरकारलाई कसैले पनि सहयोग गर्न हुदैन । किनभने, उनीहरुबाट पटक–पटक संविधानमाथि प्रहार भइरहन्छ ।

सोमवार उद्वव थापाले प्रदेशमा सभाध्यक्षको मत प्राप्त गरेपछि ४७ मत पुराए । सभाध्यक्षले अर्को व्यक्तिलाई अध्यक्षता गराए पनि मत सभाध्यक्षले नै दिएका हुन् । त्यो संविधान विपरित छ । संविधानले मत बराबर भएको खण्डमा मात्रै मत दिन पाउने व्यवस्था गरेको छ । तर, मत बराबर नभएको खण्डमा गैरसंवैधानिक हिसावबाट फेरि सभामुखको गलत प्रयोग गरियो । यसलाई अदालतले मात्र होइन, अब जनताले पनि सच्याउनुपर्छ । कोशी प्रदेशमा नेपाली कांग्रेस, माओवादी र समाजवादीले गरिरहेको गलत अभ्यासले नागरिकमा प्रदेशप्रतिको आशा थप घटाएको छ । यस प्रकारको गतिविधिले प्रदेशको औचित्य छैन भन्ने तहमा नागरिकलाई पुराउन हुदैन । संघीयताको मर्मलाई गठबन्धनले दिनप्रतिदिन आजित बनाइरहेको छ । यसले व्यवस्थामाथि नै खतरा हुने संकेत गरेको छ ।

प्रकाशित मिति : भाद्र ५, २०८० मंगलबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]