अर्जुनधारा । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराले आफ्नो ११ औं बार्षिकोत्सवको अवसर पारेर ४२ जना ज्येष्ठ नागरिकलाई शनिबार सम्मान गरेको छ । मिलन समाजको आयोजना र अर्जुनधारा नगरपालिकाको सहयोगमा नगर क्षेत्रका ज्येष्ठहरु मध्ये विशिष्ट श्रेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । समाजद्वारा अर्जुनधारा जलेश्वरधामको श्रवण हलमा आयोजित सम्मान कार्यक्रममा समाजको चौतर्फी विकास र संस्था सञ्चालनको…