शनिश्चरे । राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधारा –४ वडा समितिले अर्जुनधारा माध्यमिक विद्यालय भाङबारीका प्रधानाध्यापक बेदमाया निरौलाले किर्ते कागज बनाएको भन्दै अर्जुनधारा नगरपालिका –४ वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालयका प्रधानाध्यापक निरौलाले संचारकर्मी इन्द्रकुमार राईलाई तर्साउन किर्ते माइन्युट गरी केही दिन अघि पत्र थमाएपछि यस बिषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।…