बिर्तामोड । कनकाई नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । भर्खरै घोषणा गरिएको परिणाम अनुसार एमालेका वडाध्यक्षका उम्मेद्वार सुशिल कुमार पोखरेल निर्वाचित भएका छन् । महिला सदस्यमा निर्मला खड्का, दलित महिला सदस्यमा संचिता घतानी ल्वागुन र खुल्ला दुई सदस्यहरुमा दलबहादुर थापा र हरि कुमार राई निर्वाचित भएका छन् ।…