बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो नगर सभाको पाँचौं अधिवेशनबाट नगर प्रमुख पवित्रा महतारा प्रसाईले १८६ बुँदामा नीति कार्यक्रम सार्वजनिक गर्नुभएको हो । शैक्षिक संस्थाको भौतिक पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गरी प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिदैं…