जातीय विभेद गर्नेलाई कानुनी कारबाही गर्न दलित संघ संगठनहरुको माग

बिर्तामोड । झापाका दलित अधिकारकर्मीहरुले जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई उन्मुक्ति नदिन आग्रह गरेका हुन् । गत भदौ १२ गते बुद्धशान्ति १ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछूत तथा भेदभावपूर्ण व्यवहार…