झापाको बिर्तामोड नगरपालिका पूर्व नेपालकै व्यापारिक केन्द्र हो । शिक्षा, स्वास्थ्य र व्यापारिक हवको रुपमा विकास भइरहेको बिर्तामोड नगरपालिकाको केन्द्र वडा नं. ५ मा अवस्थित छ । यहाँको विकासमा वडाका जनप्रतिनिधिहरुले स्रोतको व्यवस्था बमोजिम काम गर्दै आएको प्रतिक्रिया दिएका छन् । वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईले नागरिकहरुको धेरै आशा र चाहना रहेको बताएका…