मेचीनगर । नेपाल बुद्धिचाल महासंघको केन्द्रमा सल्किएको आन्तरिक विवादको आगोले काँकडभिट्टामा सोमवारदेखि सुरु हुने भनिएको राष्ट्रिय बुद्धिचाल च्याम्पियनशीपको उद्घाटन नै रोकिदिएको छ । खानेपानी कार्यालयको सभाहल सिंगारिएको थियो, स्थानीय आयोजक नाइटचेस क्लबले बिछ्याएका चेसबोर्डहरू खेलाडीको प्रतिक्षामा थिए । तर, आयोजक महासंघभित्रको कुर्सीको लडाइँले जेठ ११ देखि १५ सम्म चल्ने भनिएको यो कडा प्रतिस्पर्धाको पहिलो दिनमै…