बिर्तामोडका कृषकलाई अनुदानमा कृषि औजार वितरण

बिर्तामोड - बिर्तामोड नगरपालिकाले कृषकहरूलाई अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ। आज आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाले संयुक्त रूपमा कृषकहरूलाई सामग्री हस्तान्तरण गर्नुभयो।  कृषि विकास शाखाका अनुसार यसपटक कृषकहरूलाई मकै छोडाउने मेसिन २६ थान, स्प्रे ट्याङ्की…