बनियानी - झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं,” उहाँले भन्नुभयो, “अब नयाँ तालिकाअनुसार खोप कार्यक्रम अघि बढ्छ ।” नयाँ खोप तालिकाअनुसार पाँच प्रकारका जनसङ्ख्यालाई लक्षित गरिएको…