बिर्तामोड । नेकपा(एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि झापामा मनोनय दर्ता भइरहेको छ । प्रतिनिधि छनौटका लागि जिल्लाको ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दलित जिल्ला इकाईमा मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन विभागका प्रमुख दिपेन्द्र लम्सालले जानकारी दिए ।
निर्वाचन विभागका प्रमुख लम्सालका अनुसार निर्वाचन कार्यतालिका बमोजिम मंसिर १० गते अन्तिम मतदाता नामावली नामावली प्रकाशन गरिएको छ । ११ गते मनोनयन दर्ता, १२ गते उम्मेवारी फिर्ता र १३ गते निर्वाचन हुने उनको भनाई छ ।
प्रतिनिधि छनौटका लागि हुने निर्वाचन पश्चात मतपत्रहरु क्षेत्रीय निर्वाचन कार्यालयमा संकलन गरेर गणना गरिने लम्सालले जानकारी दिए । निर्वाचन विभागले पार्टीको केन्द्रीय नीति बमोजिम प्रतिनिधि छनौटमा गुट र समुह निर्माण गर्न पुर्ण प्रतिबन्ध लगाएको जनाएको छ । विभाग प्रमुख लम्सालले भने – स्वतन्त्रपुर्वक मत माग्न पाइन्छ, कसैलाई अपमान र दुव्र्यवहार पाइदैन ।
प्रतिनिधि छनौटका लागि जिल्लामा अधिकतम सर्वसम्मतका लागि प्रयास गरिने विभाग प्रमुख लम्सालको भनाई छ । सहमति नभए मात्रै निर्वाचनमा जाने जानकारी दिए ।







प्रतिक्रिया