झापा । झापाको बिर्तामोडमा मंगलबार सम्पन्न जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्राहरूले उत्कृष्ट प्रस्तुति दिँदै सबै उपाधि जितेका छन् । ‘लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका’ शीर्षकमा आयोजित यस प्रतियोगितामा १५ वटा पालिकाका २९ जना विद्यार्थी सहभागी थिए, जसमा १४ जना छात्र र १५ जना छात्रा थिए । बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीको हलमा आयोजित प्रतियोगितामा…