रास्वपा गौरादहका सभापति अधिकारीसहित १६ जना जुवाडे पक्राउ

झापा । झापाको गौरादहस्थित एक होटलबाट रास्वपाका नगर सभापति जगत अधिकारीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार राती गौरादह नगरपालिका– ५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको हो । रास्वपा गौरादहका सभापति अधिकारीको अगुवाईमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको थियो ।…