माधव नेपालको पार्टीले एमाले हटाउँदै नेकपा समाजवादी राख्यो नयाँ नाम

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको पार्टीको नयाँ नाम जुरेको छ । नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगले अस्वीकार गरेपछि एमाले हटाएर नेकपा (समाजवादी) राखिएको छ । एमाले विभाजन गरेर नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्नुभएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी भएको छ…