देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

बिर्तामोड । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने अनुमान छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् मानन्धरले बताउनुभयो ।…