Banner news

अनेरास्ववियु झापाको अध्यक्षमा रोशन लामा सर्वसम्मत

अनेरास्ववियु झापाको अध्यक्षमा रोशन लामा सर्वसम्मत


बिर्तामोड । अनेरास्ववियु झापाको २० औं झापा जिल्ला अधिवेशनले अध्यक्षमा रोशन लामालाई सर्वसम्मत चयन गरेको छ । आज बिर्तामोडमा भएको अधिवेशनको बन्दशत्रले लामालाई अध्यक्ष चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा लक्ष्मी गौली, बलराम गिरी, सचिवमा नारायण पोखरेल, सहसचिवमा रचना अधिकारी, बालचन्द्र कार्की, सरोज ढकाल, इश्वर नेपाल र कोषाध्यक्षमा अनुजा शर्मा चयन भएका छन् ।

सदस्यहरुमा प्रविन पाठक, प्रदिप बस्नेत, विक्रम तिवारी, धर्मेन्द्र राजवंशी, चिरञ्जीवी खतिवडा, अनुप भण्डारी, उज्वल प्रसाई, श्रेया ढकाल, सन्दिप श्रेष्ठ, सन्तोष धमला, प्रदीप बर्देवा, रितेश गिरी, सविन आचार्य, निर बहादुर प्रधान, रविन गुप्ता, अरुण तिम्सिना, सुरज कोइराला, रोशन भुजेल, योगेश भण्डारी, क्षिति खड्का, सविन सिटौला,इन्द्र अधिकारी, पुजा सुवेदी, अनुजा शर्मा, विनिता न्यौपाने , सलिना गुरुङ,विधान राई, समिउल अलि परेका छन् ।

अधिवेशनको उद्घाटन शत्रलाई अनेरास्ववियुको केन्द्रीय अध्यक्ष सुनिता बराल, एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेल, प्रदेश सांसद् बसन्त बाँनिया, एमाले झापाका सचिवालय सदस्य एवम् अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य असारु राजवंशी, अनेरास्ववियुका सचिवालय सदस्य दिपेश दाहाल लगायतले सम्बोधन गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares