काठमाण्डाै – सरकारले चालु आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले याे निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना,…