प्रकृतिमाथि विचरण

बलेवा, साउन २६ गते । कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड । छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर छ । वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी छ पर्वतको सदरमुकाम कुश्मा बजार । यी दुईको बीचमा पर्छ कहालीलाग्दो पहाड । यही भीर भएर कालीण्डकीको दक्षिण पश्चिमतर्फ लमतन्न पाखो र कालीतिरमा…