कोभिड–१९ अस्पताल धरानमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या बढ्दै

धरान। सुनसरीको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या बढेको छ । एक महिना अघि शून्य झँै रहेको विरामी भर्ना एकसाता यता बढेको हो । नेपाल भारत सीमाको विहारसहित विभिन्न प्रान्तमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुनसरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढेकाले भर्ना दर पनि बढेको हो ।…