राहदानी सेवा एकहप्ता अवरुद्ध हुन सक्ने

काठमाण्डौ - राहदानी विभागले राहदानी वितरण प्रणाली एक हप्ता बन्द हुन सक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक हप्तासम्म सेवा अवरुद्ध हुन सक्ने विभागले जनाएको हो । विभागले सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशमा रहेका नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने जनाएको छ ।…