काठमाडौ । नेपाली कांँग्रेसका संस्थापक नेता एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज १०७औँं जयन्ती । उहाँ राजनीतिमा बीपी र साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित हुनुभयो । जननेता बीपी २००३ सालदेखि निधन हुनु अघिसम्म नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहनुभयो । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइराला विचारवान र दूरदृष्टि राख्ने नेता भएको विश्लेषण गरिन्छ ।…