काठमाडौ । बहराइनको राजपरिवार नेपाल घुम्न लालायित छ । बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको जनाइएको छ । नेपालका राजदूत पदम सुन्दासले बहराइनका राजपरिवार र जनता नेपाल घुम्न उत्साहित रहेको बताउनुभयो । त्यसै क्रममा बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफासहितको समूह नेपाल आउने अन्तिम तयारीमा छ…