प्रदेश १ को प्रस्तावित विद्युतीय रेलमार्गको लम्बाई १२६ किलोमिटर

विराटनगर । प्रदेश १ मा एकसय २६ किलोमिटर लामो विद्युतीय रेल मार्ग निर्माणका लागि बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार भएको छ । पूर्वपश्चिम रेलवे परियोजना अन्तरगत इरुवादेखि काकडभिट्टा र विराटगरदेखि इटहरीसम्मको प्रस्तावित रेलवे परियोजनाको बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार भएको हो । रेल विभागले तयार पारेको प्रस्तावित विराटनगर–इटहरी लिङ रेलवेको लम्बाई २०.१६ किलोमिटर हुनेछ ।…