बिर्तामोड । मानसिक स्वास्थ्य सेवालाई समुदायको सहज पहुँचमा पु¥याउने उद्देश्यसहित मानवसेवा आश्रमले समुदाय लक्षित मनोपरामर्श तथा मनोवैज्ञानिक सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । सेवाकेन्द्रको बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको हो । मानवसेवा आश्रमले नेशनल प्रोग्राम सेन्टरका निर्देशक तथा विगत दुई दशकदेखि मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशील डा. सुशील कँडेलको नेतृत्व र सहकार्यमा उक्त सेवाकेन्द्र सञ्चालनमा आएको हो।…