बिर्तामोड - जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा एकै परिवारका ३ जना अपाङ्गता भएका व्यक्तिलाई घर मै पुगेर नागरिकता वितरण गरेको छ । वडा नम्बर ५ बुद्द टोलस्थित प्रेम बहादुर लिम्बु र मनकुमारी शेर्माका तिम्ल्याहा छोरी अति अशक्त १७ वर्षीया आकृती लिम्बु, ईन्तुसा लिम्बु र ईक्सा लिम्बुलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको हो ।…