शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ ले माता तीर्थ औंशीको अवसरमा वडाभरिका २ सय ज्येष्ठ आमाहरुलाई झुल वितरण गर्दै सम्मान गरेको छ । वडाले गर्मी याममा लाग्न सक्ने रोगहरुप्रति सचेत रहँदै स्वास्थ्य र मायाको चिनोस्वरूप ज्येष्ठ माताहरुलाई सम्मान गरिएको हो । शनिवार शिवसताक्षी वडा नं. ६ को ज्येष्ठ नागरिक भवनमा एक कार्यक्रम गर्दै नगरप्रमुख…