टोखाबाट गोली चलाएर फरार भारतीय सुटर पक्राउ

काठमाडौं- काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि  गोली चलाएर पटेलललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले अहिले पटेललाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको छ। पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन्। उनको दाहिने घुँडामा दुई…