काठमाडौँ- नेकपा एमालेले लगातार तीन बैठकमा अनुपस्थित भएमा बिदा गर्ने भएको छ । एमालेले अन्तरपार्टी निर्देशन (अपानि)–७ जारी गर्दै सूचना पाएर पनि बिना कारण लगातार ३ बैठकमा अनुपस्थित भएमा पार्टीको सम्बन्धित कमिटीबाट बिदा गर्ने उल्लेख गरेको हो । यस्तै कमिटीलाई छरितो तुल्याउन पदाधिकारीबाहेकका रिक्त स्थानमा नयाँ सदस्य नथप्ने पनि एमालेले जनाएको छ । एमालेले ‘बैठकदेखि…