झापा - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई आगामी निर्वाचनको नभई देशको चिन्ता रहेको बताउनुभएको छ । कांग्रेसको ‘कचनकवल-सगरमाथा जागरण अभियान–सङ्गठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान’ कार्यक्रमको उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट हाम्रा हिमाल, हिमनदीहरु, जीवजन्तुको रक्षा कसरी गर्ने ? मुलुककै पुरानो पार्टीको हैसियतले नेपाली कांग्रेसले…