मुख्य समाचार

राष्ट्रिय भेला अगाडि एमालेले बोलायो स्थायी कमिटी बैठक

राष्ट्रिय भेला अगाडि एमालेले बोलायो स्थायी कमिटी बैठक


काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ ।

भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ।

बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ ।

त्यसैगरी, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा चयन गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu