मुख्य समाचार

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु

(200410) — HARARE, April 10, 2020 (Xinhua) — A doctor works in a ward at Wilkins Hospital in Harare, Zimbabwe, April 9, 2020. Wilkins Hospital, which was upgraded on March 30, is Zimbabwe’s main COVID-19 isolation and treatment center. (Photo by Shaun Jusa/Xinhua)

काठमाडौं, ११ जेठ । कोरोना भाइरस संक्रमणबाट विश्वका विभिन्न देशमा ११७ नेपालीको ज्यान गएको छ ।

शनिवार (२३ मे २०२०) साँझसम्म विश्वका विभिन्न देशमा यतिका संख्यामा नेपालीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको गैरआवसीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यो साता मात्र २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । कोरोनाबाट संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ जना नेपालीको निधन भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिएका छन् ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १, कतार १ र कुवेत १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ । स्वास्थ्य समितिको तथ्याङ्क अनुसार २३ प्रतिशत ४० देखी ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन ।

विश्वभर १२ हजार ८२१ गैरआवासीय नेपाली कोरोना संक्रमित

नेपालसहित विश्वभर १२ हजार ८२१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको संयोजक डा. सापकोटाले जानकारी दिएका छन् । तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोप १०, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ ।

अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संघले जनाएको छ । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिए ।

अत्याधिक कोरोना प्रभावित देशहरु मध्य वेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य समितिका अनुसार कतार ६ हजार ९ सय ११, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय ३०, साउदी अरब १ हजार ३ सय ६४, नेपाल ५ सय ८५, युएई ५ सय, बहराइन ३ सय ११, कुवेत ८४, मलेसिया ५५, पोर्चुगल ४२, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १८, अष्टे«लिया १२, माल्दिभ्स १६, जापान १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, रुस २, म्यानमार १, रोमानिय १, र फ्रान्स १ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको हो ।

शेयर गर्नुहोस :

0
Shares