असार २५, २०८२ बुधबार

भारतमा एकै दिन ८ हजारभन्दा धेरैलाई कोरोना सङ्क्रमण

एजेन्सी – भारतमा एकै दिन ८ हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

वर्ल्डओमिटरका अनुसार भारतमा एकै दिन ८ हजार एक् सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको संख्या लगातार बढ्दै गर्दा भारत सबैभन्दा धेरै सङ्क्रमित हुने देशको ९ औँ स्थानमा छ ।

भारतमा अहिलेसम्म १ लाख ७३ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, ८२ हजार ६ सय २७ जना उपचार पछि निको भएका छन् । त्यहाँ अहिलेसम्म झण्डै ५ हजार जनाको ज्यान गएको छ । यो संख्या चीनको भन्दा धेरै हो । चीनमा अहिलेसम्म ४ हजार ६ सय ३४ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]