मुख्य समाचार

कोरोनाबाट बाँच्न नेपाल आएकाहरु दुर्घटनामा परे, ११ को ज्यान गयो

कोरोनाबाट बाँच्न नेपाल आएकाहरु दुर्घटनामा परे, ११ को ज्यान गयो


सिराज खाँन

बाँके ।गए राती १२ वजे भारतबाट नेपाल प्रवेश गरेकालाई लिएर नेपालगन्जबाट सल्यान जादै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका छ्न् ।

भारतबाट फर्केका यात्रुलाई लिएर नेपालगन्जबाट दाङतर्फ गइरहेको गाडी बाँकेको अगैयामा दुर्घटना भएको हो । बसमा रहेका सवारी चालक समेत गरी कुल ३३  यात्रु मध्ये ११ को मृत्यु भएकाे  र मृतक १० पुरुष एक महिला रहनु भएको तथा घाइते २१ पुरुष र १ महिला गरी २२ जनाको भेरी अस्पतालमा उपचार हुँदै गरेको बाँकेका प्रमुख जिल्ला अघिकारी रामबहादुर कुरूम्ह्वाडले बताउनुभयो । घाइते मध्ये  चार जना गम्भीर रहनु भएको छ । साे बस बिग्रिएर सडकमा राेकी राखेकाे ट्रकमा ठाेकिदा साे दुर्घटना भएकाे थियाे । 

शेयर गर्नुहोस :

0
Shares