असार २६, २०८२ बिहीबार

बाँकेमा सोमबार मृत्यु भएकी महिलामा कोरोना पुष्टि

नेपालगन्ज । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण देखिएको छ । गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।


दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरीएकी महिलाको सोही दिन स्वाब संकलन गरीएको थियो । कोरोना परिक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै ति महिलाको ज्यान भएको हो । मंगलबार आएको रिपोर्टमा ति महिलामा कोरोना संक्रमण देखिएको अस्पतालका एक उच्च अधिकारीले जनाएका छन् ।


उनले ती महिलाको अाईसियुमा राखेर उपचार गरिएकोले अाईसियुलाई सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मिलाई क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठले पुष्टि गर्नु भएको छ । तर अस्पतालले भने यसबारे कुनै अोपचारिक जानकारी गराएकाे छैन र बैजनाथकी महिलाको मृत्युुसंगै बाँकेमा काेराेनाबाट मर्नेको संख्या दुई पुगेकाे छ ।


यसअघि जिल्लाकाे नरैनापुरमा भारतकाे मुम्बईबाट अाएका एक युवककाे क्वारेन्टाइनमा मृत्युु भएको थियोे । झाडा पखाला लागेर नरैनापुर नयाँ बस्तीका ती युवकको मृत्युु पछि परिक्षण गर्दा काेराेना पुष्टि भएको थियो ।

प्रकाशित मिति : असार ३, २०७७ बुधबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]