Banner news

थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १०७२८

थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १०७२८


बिर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६२९ जनामा संक्रमण देखिएको हो। आज थपिएका ६२९ सहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २३३८ पुगेको छ। कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।

शेयर गर्नुहोस :

0
Shares