Banner news

झापामा संक्रमितको संख्या २१६ पुग्यो, आज थपिए ५ वर्षीय बालकदेखि ६५ वर्षीय वृद्धसम्म

झापामा संक्रमितको संख्या २१६ पुग्यो, आज थपिए ५ वर्षीय बालकदेखि ६५ वर्षीय वृद्धसम्म


बिर्तामोड । झापामा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या २१६ पुगेको छ । मंगलवारसम्म २०५ रहेको संख्या आज थप भएसँगै संक्रमितको संख्या २१६ पुगेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

नेपालमा आज थप भएका ६२९ संक्रमित मध्ये झापाका ११ जना हुन् । मेचीनगरका १० र शिवसताक्षीका १ जनामा कोरोना पुष्टि भएको चौलागाईले जानकारी दिए । उनका अनुसार आज संक्रमित हुनेहरुमा ५ वर्षीय बालकसहित ६५ वर्षीय बृद्धसम्म छन् । उनीहरु सबै क्वारेन्टाइनमा बसेका थिए ।

आज थप भएसँगै संक्रमितको संख्या कचनकवल १२८, गौरीगञ्ज १७, बुद्धशान्ति ११, मेचीनगर २८, बाह्रदशी ७, भद्रपुर ६, हल्दिबारी ६, अर्जुधारा ५, कन्काई ४, गौरादह ४, दमक ३, झापा गापा २, बिर्तामोड २, कमल गाउँपालिका १ र शिवसताक्षीमा २ जना पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares