बिर्तामोड

झापाका सिटौला राप्रपाको सचिवालयमा मनोनित

झापाका सिटौला राप्रपाको सचिवालयमा मनोनित


झापा राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गर्नुभएको छ ।    

मनोनित हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), राजाराम बर्ताैला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) हुनुभएको पाटी प्रेस विज्ञप्तिमा जनाइएको छ ।    

 साथै, आज बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकाेमा अध्यक्षत्रयप्रति आभार व्यक्त गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares