Banner news

नेपालमा कोरोना जित्नेको संख्या ६ हजार नाघ्यो

नेपालमा कोरोना जित्नेको संख्या ६ हजार नाघ्यो


बिर्तामोड। नेपालमा कोरोना संक्रमितको संख्‍या बढीरहेका बेला निको हुनेको संख्‍या पनि बढ्दै गएको छ ।

गत २४ घण्‍टामा ८ सय २३ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार देशका विभिन्‍न अस्पताल र अ‌ाइसोलेशमा उपचाररत ८ सय २३ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

योसँगै कोरोनालाई जित्नेको संख्या ६ हजार १ सय ४३ पुगेको छ । नेपालमा १५ हजार २ सय ५९ जनामा संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म ३२ जनाको ज्‍यान गएको छ । नेपालका ७७ वटै जिल्लामा संक्रमित भेटिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares