बिर्तामोड । अब बिर्तामोड बजार बेलुका ५ बजेसम्म खुल्ला गरिने भएको छ ।
बिर्तामोड नगरपालिकाको बिपद ब्यवस्थापन नगर समितिको आज सप्पन्न बैठकले असार २५ गतेबाट बिहान ८ देखि बेलुका ५ बजेसम्म बजार खुलाउने निर्णय गरेको हो ।
यसअघि बिहान ८ बजेदेखी दिउँसो २ बजेसम्म बजार खोलेर ब्यवसाय संचालन गरिदै आएको थियो । नगरपालिकाले स्वास्थ्य मापदण्ड पूरा गरेर सामाजिक दुरी समेत कायम गर्दै ब्यापार ब्यवसाय गर्न आग्रह गरेको छ । उपभोक्ताका लागि आवश्य सावधानी अपनाएर काम नगरे प्रहरीले ब्यवसायीलाइ नियन्त्रणमा लिन सक्ने बताईएको छ ।







प्रतिक्रिया