Banner news

कोरोनालाई निमिट्यान्न पार्न मुस्किल छ – डब्ल्यूएचओ

कोरोनालाई निमिट्यान्न पार्न मुस्किल छ – डब्ल्यूएचओ


काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरस पूर्णरुपमा समाप्त पार्न मुस्किल हुने बताएको छ । विश्व स्वास्थ्य संगठनका इमर्जेन्सी प्रोग्राम प्रमुख डा। माइक रायनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

जेनेभामा अनलाइन पत्रकार सम्मेलन गर्दै उनले भने, ‘अहिले जुन स्थिति देखिएको छ, त्यसलाई हेर्दा कोरोना भाइरसलाई निमिट्यान्न पार्न सकिन्छ जस्तो लाग्दैन ।’

विश्व स्वास्थ्य संगठनका अनुसार वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । संगठनका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना थपिएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हाल विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या १ करोड २४ लाख ५९ हजार ३ सय ६३ छ । यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५९ हजार ४ सय ३९ छ ।

अमेरिकामा सबैभन्दा धेरै ३१ लाख ८१ हजार ८ सय ४६ जना संक्रमित छन् । कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा १८ लाख बढी संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares