Banner news

झापासहित थप ७० जनामा कोरोना पुष्टि, संक्रमितदर घट्न थाल्यो

झापासहित थप ७० जनामा कोरोना पुष्टि, संक्रमितदर घट्न थाल्यो


बिर्तामोड । नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनहु घट्न थालेको छ । केहि दिनदेखिको विवरण अनुसार संक्रमितको संख्या घटिरहेको छ ।

आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महामारी शुरु भएदेखि सय भन्दा मुनी संक्रमण पुष्टि भएको आजै हो । ७० मध्ये झापाका २ जना संक्रमित छन् ।
आजको संक्रमित संख्यासँगै कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८४४२ जनाको डिस्चार्ज भएको छ ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । 

बिहिबार मृत्यु भएका ती पुरुषमा शुक्रबार मात्र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ती पुरुष काठमाडौंको गोकर्ण निवासी हुन् । उनी असार १९ गते भर्ना भएको अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले जानकारी दिए । 

ती पुरुष मिर्गौलाका बिरामी रहेको अस्पतालले जनाएको छ । शुरुमा उनी त्रिवि शिक्षण अस्पताल पुगेपनि निमोनिया भएका कारण आईसियुमा राख्नुपर्ने भएपनि केएमसीमा रिफर गरिएको डा. जोशीले बताए । 

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३६ पुगेको छ ।  

शेयर गर्नुहोस :

0
Shares