असार २६, २०८२ बिहीबार

आत्महत्या गर्छु भन्दै फेसबुकमा लेख्ने बिर्तामोडका अग्रवालको उद्धार

बिर्तामोड । आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र प्रहरी प्रभाग, बसपार्कको टोलीले झापाको अनारमनी–४ घर भएका सुनिल अग्रवाललाई उद्दार गरेको हो ।

महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार सोमबार बिहान साढे ११ बजे अग्रवालले फेसबुकमा अन्तिम पोष्ट लेखेको घोषणा गर्दै कसैलाई पनि नरिसाउन भनेका थिए । साथै, उनले जिन्दगीमा धेरै तनाव भएर केही सोच्ने क्षमता नभएपछि आत्महत्या गर्न लागेको पनि उल्लेख गरेका थिए ।

उनले आफ्नो मृत्युको खबर घरसम्म पनि नपठाइदिन भनेका थिए । ‘मेरो अन्तिम इच्छा यही हो, कसैसँग केही गुनासो छैन । म आफैं हिम्मत हारिसकेको यो जुनीमा दुःख मात्र भागेको सायद अर्को जुनीमा दुःख भोग्नु नपरोस्’, उनले भनेका थिए ।

यो पोष्टबारे थाहा पाउने वित्तिकै प्रहरीले उनको खोजी थालेको थियो । त्यसक्रममा उनी बसपार्कमा बिजी मल नजिकै रहेको पश्चिम लुम्बिनी गेस्ट हाउसको ३०१ नम्बर कोठामा बसेको खुलेको थियो ।
लगत्तै उनलाई उद्दार गरेर गोंगबु प्रहरीमा राखेर काउन्सिलिङ थालिएको थियो । त्यसक्रममा उनी डिप्रेसनको शिकार भएको पनि खुलेको थियो । प्रहरीका अनुसार अग्रवालको परिवारसँग राम्रो सम्बन्ध थिएन भने विगत ८ महिनादेखि उनी होटलमा बसिरहेका थिए । हाल उनलाई परिवारको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]