मुख्य समाचार

आइतबारको मौसम पूर्वानुमान

आइतबारको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल  मनसुनको  न्युन चापीय  रेखा  नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।महाशाखाका अनुसार हाल  देशभर सामान्य बदली रह प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ । 

यसैगरी, दिउँसो देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  भने, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५  एक वा दुई  स्थानहरुमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

 यस्तै, राती देशभर  आंशिक देखि सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । यता, प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

शेयर गर्नुहोस :

0
Shares