Banner news

असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायात खुला

असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायात खुला


काठमाडौँ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर हवाई उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares