मुख्य समाचार

असोज १ गतेसम्मको मौसम पूर्वानुमान

असोज १ गतेसम्मको मौसम पूर्वानुमान


मौसम विश्लेषण (Meteorological Analysis):-

हाल  मनसुनको  न्युन चापीय  रेखा  नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

हालको  मौसमको  अवस्था (Present Weather Status):

हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक-दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भईरहेको छ। 

आगामी तीन  दिनको  मौसम पूर्वानुमान 

भाद्र  ३० गते  (मंगलबार)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।प्रदेश १ , प्रदेश २ ,  वाग्मती प्रदेश र  गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।   प्रदेश १, प्रदेश २ ,  वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र  ३१ गते  (बुधबार)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।प्रदेश १,  वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।  प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज   गते  (विहीबार)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।   प्रदेश १ तथा  वाग्मती प्रदेश का एक वा दुई स्थानहरुमा भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।  प्रदेश १, बागमति तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): 

प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश र  गण्डकी प्रदेशका  एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

शेयर गर्नुहोस :

0
Shares