Banner news

स्वास्थ्यका लागि ताप्लेजङ– झापा साइकल यात्रा

स्वास्थ्यका लागि ताप्लेजङ– झापा साइकल यात्रा


बिर्तामोड । पछिल्लो समय झापामा साइकल मोह बढेको छ । स्वास्थ्य जीवनका लागि साइकलिङ गर्नेहरु दिनहुँ बढ्दै गएका छन् ।

विभिन्न विधिबाट व्यायाम गर्दै आएकाहरु पनि केहि महिनादेखि झापामा विहानको समय साइकलिङ गर्न थालेका छन् । हरेक दिन जिल्लाको पर्यटकीय गन्तव्यसम्म पुगेर फर्किने गरेको सैलेन्द्र कुरुङवाङले जानकारी दिए । कुरुङवाङले दिनहु जसो रुट फेरेर यात्रा गर्दै आएको बताए । शरिरको मोटोपन घटाउन पनि साइकलिङ महत्वपूर्ण भएको उनको बुझाई छ ।

साइकलिङ मोह बढ्दै गएपछि बिर्तामोडका युवा व्यवसायीले साइकलको सोरुम नै सञ्चालनमा ल्याएका छन् । जिल्लाको विर्तामोडसहित विभिन्न ठाउँका महिला , पुरुष नै साइकलिङमा देखिन थालेका छन् ।

यस्तै, १३ जना युवाले ताप्लेजुङ–झापाको साइकल यात्रा आज पुरा गर्दै छन् । ‘साईकल कुदाऔँ, स्वस्थ्य रहौँ भन्ने नारा सहित नेपाल लिंक्स पेडलको आयोजनामा ताप्लेजुङ झापा – साईकल यात्रा सुरु गरिएको थियो । गत शनिबार ताप्लेजुङको सुकेटारबाट साईकल यात्रा सुरु गरिएको साइकल यात्री बुद्ध तामाङले जानकारी दिए ।

साईकल यात्रा स्वास्थ्यका हिसाबले पनि फाईदाजनक हुने र पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने भएकाले सबैलाई यस प्रति आकर्षण गराउँन ४ दिने साईकल यात्रा गरेको तामाङले बताए । साईकल यात्रालाई द हिमालयन माउण्ट बाईक विर्तामोडले सहयोग गरेको छ । ताप्लेजुङमा पनि साइलक कुदाउन सकिने रहेछ भन्ने सन्देश दिएका छौं, तामाङले भने – हामीले स्वास्थ्यका लागि साइकलिङ भन्दै आएका छौं ।

सोमवार साँझ साइकल यात्रीहरु इलामको कन्याम आएर बास बसेका छन् । उनीहरु आज बिर्तामोड आइपुग्ने बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares