दमक

अग्निपीडित न्यौपाने परिवारलाई एमालेको सहयोग

अग्निपीडित न्यौपाने परिवारलाई एमालेको सहयोग


दमक । झापा दमक १० का अग्निपीडित चुडामणि न्यौपानेलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा कमिटी दमक ८ ले सहयोग गरेको छ ।

दमक १० का पीडित चुडामणिको लालीगुराँस टोलस्थित घरमै पुगेर एमाले वडा कमिटी दमक ८ ले सहयोग रकम हस्तान्तरण गरेको हो ।

एमाले वडा कमिटी दमक ८ ले पार्टीका संगठित सदस्य ,शुभेच्छुक र शुभचिन्तकहरूबाट प्राप्त भएको रकम ५० हजार १ सय रूपैयाँ अग्निपीडित न्यौपानेको घरमा पुगेर हस्तान्तरण गरिएको पार्टी वडा कमिटी अध्यक्ष खेम बहादुर श्रेष्ठले बताउनु भयो ।

न्यौपानेको घरमा गत असोज ७ गते बेलुकी करिव साढे सात बजे विद्युत सर्ट भई आगलागी भएको थियो । एमाले दमक नगर कमिटी सचिवालय सदस्य समेत रहेका न्यौपानेको परिवारलाई थोरै भए पनि केही राहत होस भनेर रकम सहयोग गरेको पार्टी वडा कमिटी दमक ८ का उपाध्यक्ष युवराज आचार्यले बताउनुभयो ।

एमाले कोशी प्रदेश स्थानीय विभाग सदस्य तथा दमक ८ का वडाध्यक्ष दिपेश दाहाल, पार्टीको झापा जिल्ला कमिटी सदस्य साथै दमक ८ को वडा इन्चार्ज राम प्रधान, कोशी निर्वाचन विभाग सदस्य प्रेम दंगाल, एमाले नेता प्रेम न्यौपाने लगायत नेताहरू घरमै पुगेर सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares