Banner news

थप ३५ सय ५६ जनामा कोरोना, नेपालमा संक्रमित संख्या एक लाख १५ हजार नाघ्यो

थप ३५ सय ५६ जनामा कोरोना, नेपालमा संक्रमित संख्या एक लाख १५ हजार नाघ्यो


विर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ५०३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ३०७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares